व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान

EPS Pre Orientation Program Management System

यस प्रणाली मार्फत कोरियाबाट श्रम सम्झौता प्राप्त कामदारहरुले प्रारम्भिक अभिमुखीकरण कार्यक्रमको लागि अनलाइन आवेदन गर्न तथा प्रवेश पत्र प्राप्त गर्न सक्नुहुनेछ |

तालिमको लागि निबेदन गर्न चाहिने कागजातहरु:

  • व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको नविल बैङ्क लिमिटेड भैसेपाटी २ शाखामा रहेको खाता नं [ १७२०१०१७५०१६२४ ]मा USD६३ (63$) दस्तुर जम्मा गराई उक्त भौचरको Scanned Copy (Size : बढिमा 200KB)
  • पासपोर्ट साइज तस्बिर को Scanned Copy (Size : बढिमा 200KB)
  • श्रम सम्झौताको Scanned Copy (Size : बढिमा 700KB)
  • राहदानीको फोटो भएको पेजको Scanned Copy (Size : बढिमा 700KB)
  • राहदानीको ठेगाना भएको पेज पेजको Scanned Copy (Size : बढिमा 700KB)

तालिमको लागि अनलाइन आबेदन कसरि गर्ने?

  • सर्वप्रथम दायाँ भागमा रहेको फाराममा श्रम सम्झौता पत्रमा उल्लेखित PRINT NO र जन्म मिति (इ.सं) प्रबिस्ट गरी Proceed Button मा Click गर्ने.
    PRINT NO र जन्म मिति मिलेको खण्डमा यहाँहरुले आफ्नो नाम र इमेल राख्ने अर्को Field देख्नुहुन्छ | इमेल Field मा आफ्नो इमेल प्रबिस्ट गरी Register मा क्लिक गर्नुहोला
  • यहाँको इमेल मा एउटा Verification लिंक मेल भएको हुन्छ, उक्त इमेल खोलि [Verify Your Email Address] button मा क्लिक गर्नुहोला
  • उक्त बटनमा क्लिक गरेपछि यहाँहरु पुनः तालिम आवेदन प्रणाली मा पुग्नुहुन्छ, त्यहाँ Password र Confirm Password Field मा आफ्नो इच्छा अनुसारको सुरक्षित Password प्रबिस्ट गरी Update Button मा क्लिक गर्नुहोला
  • त्यसपछि आफ्नो इमेल र पासवर्ड प्रयोग गरी लग इन गरेर पुरा विवरण भर्ने तथा Scan गरिएको फाइलहरु सम्बन्धित स्थान मा अपलोड गर्ने कार्य गर्नुहोला
    आफ्नो आवेदन स्वीकृत भए नभएको जानकारी पनि कुनै पनि बेला लागिन गरी प्राप्त गर्न सक्नुहुन्छ
Registration

YYYY/MM/DD



रेजिस्टर गरिसक्नुभयो? यहाँ क्लिक गर्नुहोला